नियम २०७
सम्पत्ति विवरण पेश गर्ने
: (१) प्रहरी कर्मचारीले भर्ना भएको मितिले साठी दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सबै प्रकारका चलअचल सम्पत्तिको स्रोत सहितको अध्यावधिक विवरण एक प्रति भरी कार्यालयमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको सम्पत्ति विवरण सम्बन्धित कार्यालयले प्रहरी किताबखानामा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त विवरण प्रहरी किताबखानाले सुरक्षित साथ राख्नु पर्नेछ ।